प्राकृतिक विपद्‌ वा आगलागी जस्ता गैरप्राकृतिक विपद्‌ व्यवस्थापनको लागि सर्वोच्च अदालतले गरेको आदेश

कपिलवस्तु जिल्ला बाँसखोर गा.वि.स. वडा नं. ६ बस्ने श्री जिलाजीत चमारको छोरा रक्षाराम हरिजन (चमार) विरूद्ध गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

विपद्‌ व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहसमेतको साझा सूचीमा परेको कारण भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपद्‌ वा आगलागी जस्ता गैरप्राकृतिक विपद्‌ नै संघ, प्रदेश र स्थानीय तहसमेतले उच्च प्राथमिकताका साथ समयन्वयात्मक रूपले जिम्मेवारी वहन गर्नुपर्ने ।

विपद्‌सम्बन्धी पूर्वतयारीभित्र जोखिम न्यूनीकरण, पूर्वसूचना, विपद्‌को समाधानसमेत पर्ने हुँदा बस्ती विकास, शिक्षा, स्वास्थ्य र वातावरणसम्बन्धी पूर्वाधारहरूको निर्माणमा समेत विपद्‌ व्यवस्थापनलाई मध्यनजर गर्नुपर्ने कुरा संविधानको शब्द र मर्मअनुरूप हुने   देखिने ।

पुर्ण आदेश र नजीर

https://nkp.gov.np/full_detail/9255

गृह मन्त्रालयले कार्यान्वयनको लागि गरेको प्रयास यहाँ क्लिक गर्नु होला । 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *