About me

2. रक्षारामको लक्ष्य

भाद्र ४, २०७३ खिम घले (कान्तिपुर दैनिक)

….. तर त्यतिमा रक्षाराम रोकिएका छैनन् । संविधान निर्माणका क्रममा संघीयताको विषयमा विवाद भएपछि लामो समयसम्म संविधान निर्माण हुनसकेको थिएन । तर महाभूकम्पले सबै दललाई एक ठाउँमा ल्यायो । नेपाली कांग्रेस, एमाले, माओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच २०७२ जेठ २५ गते १६ बुँदे सहमति भयो । तर रक्षारामलाई संघीयताको खाका बिनाको संविधान जारी गर्ने सहमति जायज लागेन । उनले अधिकारकर्मीहरू विजयकान्त कर्ण र रीता साहसँग मिलेर सर्वोच्च अदालतमा उक्त सहमति असंवैधानिक भएको भन्दै रिट दिए । रिटमा न्यायाधीश गिरिशचन्द्र लालले दिएको अन्तरिम आदेशले संघीयतालाई सुनिश्चित गरेको मानिन्छ । पुरा लेख हेर्नुहोस्

रक्षारामको लक्ष्य

3. आँटले उदाएका रक्षाराम

मधेसमा समस्या धेरै छन् । स्वास्थ्य, शिक्षा, रोजगार अरू पनि धेरै । ‘मधेसी’ त्यसमाथि पनि ‘दलित’, रक्षाराम हरिजन चमारलाई समाजसँग लड्न कम चुनौती थिएन । उनी कपिलवस्तुको बाँसखोर गाविस ६, सानो कर्मगाउँको दलित समुदायबाट उच्च शिक्षा हासिल एक्ला हुन् । पुरा लेख हेर्नुहोस्

आँटले उदाएका रक्षाराम

4. कथा रक्षक रक्षारामको

गाउँमा कृषि पेशामा श्रमिकहरुले सरकारले तोकेको भन्दा न्युन ज्यालमा काम गर्नु परिरहेको कुरा उठ्यो। जिल्ला विकास समितिले दैनिक ज्याला १ सय ५० तोकेको थियो। तर उनीहरुले बढीमा ८० रुपैयाँमा काम गरिरहेका थिए। यो मुद्दामा रक्षारामले सबैलाई एउटै स्वर बनाउन र अन्तिमसम्म डटिरहन सुझाव दिइरहे। ‘लामो झमेला र धेरै चरणको भेलापछि बल्ल बल्ल १२० रुपैयामा सहमति जुट्यो। उनले भने ‘ज्याला वृद्धि गराउन सहजीकरण गर्दा मलाई हात खुट्टा तोडिदिने धेरै धम्कीहरु आएका थिए।’ पुरा लेख हेर्नुहोस् 

कथा रक्षक रक्षारामको